भारत जारी काभा महिला नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो सेमिफाईनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।

भारतले श्रीलंकालाई २५–१५,२५-१६ र २५–२३ ले पराजित गरेको हो । श्रीलंका जारी लिगमा भारतसँग दोश्रो पटक पराजित भएको हो ।

अब भारतले बुधबार दोश्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । श्रीलंकाले भने दोश्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग तेश्रो स्थानको लागि भिड्ने छ । 

दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच हुनेछ । उक्त खेल आज साँँझ सबा ५ बजे देखि शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *