स्पेनकी ब्याडमिन्टन स्टार क्यारोलिन मारिनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला एकलको सेमिफाइनल खेलमा अग्रता लिएर पनि बीचैमा खेल त्याग्न बाध्य भएकी छिन् ।

आइतबार चीनकी हे बिङ जिआओसँगको भिडन्तमा उनले पहिलो सेट २१-१४ ले जितेकी थिइन् ।

दोस्रो सेटमा १०-६ ले अग्रता लिएको अवस्थामा उनी घाइते हुन पुगेकी थिइन् ।

घुँडामा चोट लागेपछि उनले खेल अघि बढाउन सकिनन् । ११ अंक ल्याए स्वर्ण पदक नजिक पुग्ने अवस्थामा खेल त्याग्नु पर्दा उनी कोर्टमै भक्कानिएकी थिइन् ।

उनी रियो ओलम्पिक २०१६ को स्वर्ण पदक विजेता हुन् । त्यसपछि टोकियो ओलम्पिक खेल्नुअघि उनी घाइते हुँदा ओलम्पिक गुमाएकी थिइन् ।

यसपटक अघिल्लो ओलम्पिकको चोटको पीडा भुलाउने योजनामा रहेकी उनलाई अर्को चोटले थप पीडा दिएको छ ।

आइतबार उनले सुरुमा घाइते भएर केही उपाचार गराएपछि दुई अंक जोड्दा सम्म खेल अघि बढाइएकी थिइन् । त्यसपछि भने उनी मैदानको प्राथमिक उपचार पनि उठ्न सकिनन् र खेल त्याग गर्न बाध्य भइन् । उनी घुँडाको दुई वटा शल्यक्रिया पछि मैदान फर्किएकी खेलाडी हुन् ।

स्वर्ण पदकको भिडन्त नजिक पुगेर पनि कोर्ट छाड्नु पर्दा उनका आँखामा आँशु देखिएको थियो । उनीसँगै खेल हेर्न उपस्थित दर्शक पनि रोएका थिए ।

अब उनले कास्य पदकको खेल खेल्न पाउनेछिन् । यदि उनले सो खेल पनि खेल्न नसके इन्डोनेसियाकी ग्रेजिया तुन्जुङले स्वत कास्य जित्नेछिन् । क्यारोलिनाले सेमिफाइनलको खेल त्यागेसँगै फाइनल पुगेकी चीनकी जिआओले दक्षिण कोरियाकी आन से योङसँग स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *