पेरिस ओलम्पिक-२०२४ को नवौं दिन पनि चीन पदक तालिकाको शीर्ष स्थान यथावत् छ ।

साउन १२ गतेदेखि सुरु भएको प्रतियोगिता नवौं दिनका खेलहरु जारी रहँदा चीन १६ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा छ । कुल ३७ पदक जितेको चीनले १२ रजत र नौ काश्य जितेको छ

यो सूचीको दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ काश्यसहित कुल ६१ पदक जितेको छ । तेस्रो स्थानको फ्रान्सले १२ स्वर्ण जितेको छ । फ्रान्सले १४ रजत र १५ काश्यसहित कुल ४१ पदक जितेको छ ।

यस्तै, चौथो स्थानको अस्ट्रेलियाले पनि १२ स्वर्ण, आठ रजत र सात काश्यसहित २७ पदक जितेको छ ।

पदक तालिकाको पाँचौ स्थानमा ब्रिटेन छ । ब्रिटेनले १० स्वर्ण, १० रजत र १३ काश्यसहित ३३ पदक जितेको छ ।

छैटौं स्थानको दक्षिण कोरियाले नौ स्वर्ण, सात रजत र पाँच काश्यसहित २१ पदक जितेको छ । सातौं स्थानको जापानले कुल २२ पदक जित्दा आठ स्वर्ण, पाँच रजत र नौ काश्य जितेको छ ।

यो सूचीको आठौँ स्थानमा इटाली छ । इटालीले ६ स्वर्ण, आठ रजत र पाँच काश्यसहित कुल १९ पदक जितेको छ । नवौं स्थानमा नेदरल्यान्ड्स र १०औं स्थानमा क्यानडा छन् । नेदरल्यान्ड्सले ६ स्वर्ण, चार रजत र चार काश्यसहित १४ पदक जित्दा १०औं स्थानको क्यानडाले चार स्वर्ण, चार रजत र सात काश्यसहित १५ पदक जितेको छ ।

प्रतियोगिताको नवौँ दिन आइपुग्दा ४१ देशले स्वर्ण जितेका छन् । यस्तै, ३६ देशले रजत र ४५ देशले काश्य जितेका छन् ।

पेरिस ओलम्पिकमा २०६ राष्ट्रका करिब १० हजार ५०० खेलाडीले ३२९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *