साउदी अरेबियाले सन् २०३४ को विश्वकप आयोजनाका लागि जमिनभन्दा ३५० मिटरमाथि रहने एक रंगशालासहित कुल ११ रंगशाला बनाउने योजना अघि सारेको छ ।

नेओममा बनाउने प्रस्ताव गरिएको उक्त रंगशालामा उच्च गतिका लिफ्ट र चालकरहित सवारीसाधनबाट पुग्न सकिने जनाइएको छ । साउदी अरेबियाको ‘द लाइन’ प्रोजेक्टअन्तर्गत बन्न लागेको यो रंगशालामा क्वार्टरफाइनलका खेल हुनेछ । साउदी अरेबियाले हाल मुलुकको अर्थतन्त्र तेल उत्पादनको निर्भरताबाट हटाउन ‘द लाइन’ प्रोजेक्ट अघि सारेको छ ।

योजनामा रहेका ११ रंगशालामध्ये आठ रंगशाला साउदीको राजधानी रियादमा निर्माण हुनेछ । जसमा विश्वकपको उद्घाटन र समापन समारोह हुने किंग सलमान अन्तर्राष्ट्रिय रंगशाला पनि सामेल छ । यो रंगशालाको दर्शक क्षमता ९२ हजार ७६० रहेको छ ।

सन् २०३४ को विश्वकपको आयोजनाका लागि साउदी एक मात्र प्रस्तावक भए पनि हालसम्म यसले आधिकारिकता भने पाइसकेको छैन । फिफाको आगामी ११ डिसेम्बर बस्ने बैठकले सन् २०३४ को विश्वकप आयोजकको निर्णय गर्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *