नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई शैक्षिक परामर्ष सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान रोहित पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेशण तथा परामर्श प्रदान गर्न थप प्रभावकरी हुने अपेक्षा संस्थाले राखेको छ ।
युवाहरुमा परिचित तथा प्रभावशाली रहेका कप्तान रोहितले ब्रान्ड एम्बेसडरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्षको कार्यलाई विश्वसनिय रुपमा अगाडि बढाउन सक्षम हुनेछन् भन्ने द नेक्स्टको विश्वास रहेको छ ।
बीस बर्ष देखि शैक्षिक परामर्षको क्षेत्रमा कार्य गर्दै आईरहेको द नेक्स्टले नेपाली विद्यार्थीहरुलाई व्यक्तिगत शैक्षिक परामर्श, विदेशमा अध्ययन निर्देशन, र परीक्षण तयारी सलगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
