यतिबेला भारतीय क्रिकेट टोलीका युवा अलराउण्डर अभिषेक शर्माको नाम चर्चाको शिखरमा छ । अभिषेकले जिम्बाबेविरुद्धको दोश्रो टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ४७ बलमा १०० रनको शतकिय पारी खेलेपछि चर्चामा आएका हुन् ।

घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेर आईपीएलमा भित्रिएका अभिषेकले आईपीएलमा पनि सनराइजर्स हैदरावादको तर्फबाट शानदार प्रदर्शन गरेका थिए । तर यसै वर्षको फेब्रुअरीमा उनकि प्रेमिका तान्या सिंहले सुसाइड गरेपछि उनी विवादमा तानिएका थिए ।

प्रेमिका तान्याले सुसाइड गरेपछि अभिषेकको नाम पनि जोडिन पुगेको थियो । त्यसपछि अभिषेकले नीजी जीवनमा निकै उतार चढावको सामना गर्नुपरेको थियो । उनको खेल जीवन समेत धरापमा परेको थियो । पछि उनको उक्त घटनामा कुनै हात नरहेको र निर्दोष रहेको सावित भएपछि उनी खुलेर क्रिकेट खेल्न थालेका थिए ।

निकै मानसिक तनावको सामना गरेका अभिषेक निर्दोष सावित भएपछि सनराइजर्सले पुनः उनलाई टोलीमा बोलाएको थियो । त्यसपछि उनले आईपीएल २०२४ मा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै सनसनी फैलाएका थिए ।

त्यसपछि भारतीय राष्ट्रिय टोलीमा परेका अभिषेकले जिम्बाबेबिरुद्ध भईरहेको टी २० क्रिकेटमा ४७ बलमा १०० रनको सतकिय पारी खेलेर पुनः चर्चामा आएका छन् । उनले आफ्नो शतकिय पारीमा ७ चौका, ८ छक्का प्रहार गर्दै प्लेयर अफ द म्याचको अवार्ड समेत जित्न सफल भएका छन् ।

आईपीएलमा सनराईजर्स हैदरावादबाट खेल्ने अभिषेक घरेलु म्याचमा पञ्जाब टोलीबाट प्रतिनिधित्व गर्दै आएका छन् । यसको अलावा अभिषेक शर्मा अण्डर-१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *