नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
क्यान केन्द्रीय समिति बैठकले उपाध्यक्ष सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिए । उनीहरूमाथि अमेरिका र वेस्ट इन्जिजमा भएको आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालको सहभागिताबारे नेपाल क्रिकेट संघ र पदाधिकारीलक्षित नकारात्मक टीकाटिप्पणी गरेको आरोप छ ।
नेपाली क्रिकेट टिम विश्वकप क्रिकेटका लागि अमेरिका र वेस्ट इन्डिजमा रहेका बेला उपाध्यक्ष सिंहलगायतले भ्रामक र तथ्यहीन कुरा सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

