युवा तथा खेलकुद मन्त्रालयले टी-२० विश्वकप खेल्ने १५ जना खेलाडीलाई जनही १३ लाख प्रदान गरेको छ ।
मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै विश्वकपका लागि छनोट भएका १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियो गरि नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो ।
यस्तै, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार प्रदान गरिएको छ । टीम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको छ
