नेपाल दस वर्षपछि विश्वकप खेल्दै थियो सबै नेपालीको मनमा एउटा कामना थियो नेपालले खेल जीतोस र इतिहासको पानामा आजको जित लेख्न पाइयोस् तर अन्तिममा नेपाली क्रिकेट टोलीले दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित दिलाउन एक रनले चुक्यो, केवल एक रनले पछि पर्यो ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भाले रंगशालामा भएको उक्त खेलले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको बढ्दो पराक्रम र विश्वका उत्कृष्ट टोलीसँग कडा प्रतिस्पर्धा गरेर नेपाली क्रिकेटको क्षमतालाई प्रमाणीत गर्यो।
पहिलो बलदेखि नै नेपाली खेलाडीले असाधारण कौशल, दृढ संकल्प र खेलकुदको प्रदर्शन गरेका थिए । स्पिनिंग जादूगर बलरहरूले दक्षिण अफ्रिकाका ब्याट्सम्यानहरूलाई निरन्तर दबाबमा राख्दै उल्लेखनीय ओभरहरूको श्रृंखला सुरु देखी अन्तिम सम्मा निरन्तरता दिएका थिए।
उल्लेखनीय रूपमा, सन्दीप लामिछाने र कुशल भुर्तेलको लेग स्पिन र दिपेन्द्र सिंह ऐरीको अफ स्पिन खेल अबधिभर हाइलाइट थियो, जसले उनिहरुलाई कमेन्टेटरले निरन्तर प्रसंशा गरेका थिए।
विश्वसामु प्रदर्शन गरिरहेको नेपालले आज अपेक्षित नतिजा निकाल्न नसकेपनि नेपालको प्रदर्शनलाई लिएर क्रिकेट जगतमा नेपाली क्रीकेटको ध्यानकर्षण भाएको छ।”साऊथ अफ्रीक वोन द म्याच बट नेपाल वोन द हार्ट “सामाजिक सञ्जाल ओहिरो लागेको छन विश्वस्तरीय खेलाडीहरूले नेपालको प्रर्दशनलाई प्रसंशा गरिरहेका छन्।
पारस खड्काहरुले विश्वकप खेलको देखेर प्रेरित भएका धेरै खेलाडीहरू सानै उमेरमा यो स्तर सम्म पुगेका छन्। नेपाल क्रिकेट टीमका कप्तान रोहित पौडेल तथा उनका समकालिन खेलाडीहरुले विश्वकप खेलेको हेरेर प्रेरित भइरहेको अर्को पुस्ताले अझै राम्रो खेल्ने छन्।
फ्याट्टै बिश्व स्तरीय टिमलाई हराउने स्तरको भइदैन। बिग्रिन मात्रै समय नलाग्ने हो। जुन सुकै कुरा पनि बनाउन समय लाग्छ। केहि कुराको लागि एउटा पुस्ता काफि नहुने पनि हुन्छ। नेपालमा क्रिकेट जुन गतिमा बढ्दै छ, त्यो हेर्दा आउँदो दश-पन्ध्र वर्षमा नेपाली क्रिकेट नयाँ उचाईमा पुग्ने कुरामा आशावादी छु।
– बिज्ञान कार्की
