दक्षिण अफ्रिकासँग पराजित हुँदै नेपालको आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठमा पुग्ने सम्भावना समाप्त भएको छ । शनिवार विहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासंग १ रनको झिनो अन्तरले पराजित भएको छ ।
खेलमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो ।
नेपालकालागि आशिफ शेखले सर्वाधिक ४२ रनको योगदान गरे । ४९ बलको सामना गरेका उनले ४ चौका र एक छक्का प्रहार गरे । अनिल शाहले २७ तथा कुशल भुर्तेलले १३ रन जोडे । दिपेन्द्र सिं ऐरीले ६ रन जोड्दा कप्तान रोहित पौडेल र कुशल मल्लले खाता नै खोल्न सकेनन् । सोमपाल कामी ८ रनमा अविजित रहँदा गुल्शन झा ६ रनमा रनआउट हुन पुगे ।
त्यसअघि वेष्टईण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाकालागि रीजा हेन्ड्रिक्सले सर्वाधिक रनको ४३ योगदान गरे । ४९ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले २७, कप्तान एडन मार्क्रमले १५, क्विन्टन डिककले १० हेनरिक क्लासनले ३ रन जोडे ।
डेभिड मिलरले ७ रन जोडे । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ४ तथा दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए ।
