टी-२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो ।

समूह डी मा बंगलादेशको यो दोस्रो जित हो । ३ खेलबाट टोलीले ४ अङ्क बटुलेको छ । नेदरल्यान्ड्स भने २ अङ्कमा सीमित रहेको छ ।

यो समूहबाट ३ खेलबाट ६ अङ्क बटुल्दै दक्षिण अफ्रिकाले यसअघि नै सुपर आठमा स्थान बनाइसकेको छ ।

यही समूहमा नेपाल पनि रहेको छ । २ खेलबाट नेपालको एक अङ्क छ । नेदरल्यान्डको हारले नेपाललाई केही फाइदा पुगेको छ । अब नेपालले बाँँकी रहेका दुई खेलमा जित हासिल गर्न सके सुपर आठको यात्रा तय गर्नेछ ।

३ खेल खेलेको श्रीलंकाको पनि एक अङ्क मात्र रहेको छ ।श्रीलंकाको भने सुपर आठमा पुग्ने सम्भावना समाप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *