काठमाडाैं । भ्याली पब्लिक हाइ स्कुलको आयोजनामा २०औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा ७५ टिमको सहभागिता रहने प्याब्सनका केन्द्रीय अध्यक्ष समेत रहेका भ्याली पब्लिकका संस्थापक प्राचार्य कृष्णप्रसाद अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र सिनियर गल्र्समा समान २४–२४ तथा जुनियर ब्वाइजमा २७ टिमले भाग लिने छन् ।
तीनै विधामा शीर्ष ३ स्थान हात पार्ने टिमलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारीले जानकारी गराइन् । इमर्जिङ टिम, ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट ‘थ्री प्वाइन्टर’, सर्वाधिक स्कोरकर्ता, उत्कृष्ट रिबाउन्डर र उदीयमान खेलाडीलाई ट्रफीबाट पुरस्कृत गरिन् छ ।
भ्याली पब्लिकका एडमिन हेड महेश अधिकारीका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ३० हजार ५ सय ५० रुपैयाँ खर्च हुनेछ। लिग कम नकआउट आधारमा मंसिर ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भंगलस्थित आयोजककै कोर्टमा खेलाइने छ ।
