नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज प्रालि जोडिएको छ ।

एनपिएलको तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजबीच सम्झौता भएको हो । सम्झौता पत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजकी निर्देशक प्रिज्मा गौतमले हस्ताक्षर गरे ।

सम्झौतासँगै प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज एनपिएल सिजन–३ मा कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरका रूपमा रहनेछ । प्राइम पहिलोपटक कर्णाली याक्ससँग जोडिएको होब।

सम्झौता पछि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले नयाँ साझेदारीले कर्णाली याक्सको व्यावसायिक यात्रालाई थप मजबुत बनाउने बताए । “कर्णाली याक्ससँग पहिलोपटक जोडिनुभएकोमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजलाई धन्यवाद दिए । यो साझेदारीले कर्णाली याक्सलाई मैदानभित्र मात्र होइन् मैदानबाहिर पनि थप व्यवस्थित र व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास लिएका छौं,” मल्लले भने ।

प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजकी निर्देशक गौतमले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटसँग जोडिने अवसरका रूपमा लिएको बताइन् । “कर्णाली याक्ससँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं । नेपाली क्रिकेट र एनपिएलले पछिल्लो समय ठूलो सम्भावना देखाइरहेको छ । यही यात्रामा कर्णाली याक्ससँग जोडिन पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो । आगामी दिनमा कर्णाली याक्सको यात्रामा आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,” गौतमले भनिन् ।

एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ। लिगको लागि कर्णाली याक्सले विदेशी खेलाडीको रूपमा इङ्गयान्डका मार्क वाट र बङ्गलादेशका अकबर अलीलाई अनुबन्ध गरिसकेको छ । कर्णालीको प्रमुख प्रायोजकको रूपमा एक्स्ट्रिम र हेडगेयर पार्टनरको रूपमा पल्मबर पाइप रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *