एसियाली खेलकुद : जुडोमा पुनम पराजित

२०८३, १५ आश्विन बिहीबार १२:१५

जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन् । 

जापानको आइची अन्तरराष्ट्रिय एरिनामा आज भएको महिला ७० केजीमुनि तौल समूहमा पुनम भारतीय खेलाडी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनका आधारमा पराजित भइन् ।

यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको सात विधामध्ये पाँच विधामा पराजित भएको छ । हिजो भएको खेलमा नेपालका चार खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए । 

पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् । महिला ५२ केजी तौल समूहमा देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भएकी थिइन् । महिला ४८ केजी निशा हङकङकी वङ का लीसँग पराजित भइन् ।

पुरुष ६६ केजी तौल समूहमा विशेष हङकङका वङ का कीसँग पराजित भए । पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए ।

आजै नेपालको सुजन गुरुङले ९० केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, मिक्स टिमतर्फ पनि नेपालले प्रतिस्पर्धा गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *