काठमाडौं । मार्वलस र विद्या विकासले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबलमा बिहीबार जित हात पारेको छ । नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा मार्वलसले त्रिज्योतिलाई ७९–६० ले पराजित गर्यो ।
मार्वलसका सिनेप शाहीले ३७ स्कोर गरे । विद्या विकासले नेमोनिकलाई ४९–४६ ले पराजित गर्यो । विद्या विकासका श्रीजित परियारले २३ अंक जोडे ।
रेडियन्ट पब्लिकले स्किब्सलाई ७१–३१, निस्टले ओएसिसलाई ९२–२६, पुष्पसदनले बौद्ध इन्टरनेसनल स्कुललाई ६३–४७, न्यु जेनिथले नेक्ससलाई ४९–४३, बीडिएसले विल्सन एकेडेमीलाई ६४–३०, त्रिज्योतिले भीबीइएसएसलाई ४५–२६ र अक्षराले जनप्रेमीलाई २९–२७ ले पाखा लगाए ।
रेडियन्टका नन्दन बस्नेतले १६, निस्टका सुवर्ण बस्नेतलाई ३२, पुष्पसदनका दिप्सन महर्जनले १५, न्यु जेनिथका नवीन देवकोटाले २१, बीडिएसका सजेल महर्जनले २७, त्रिज्योतिका सुप्रित ढकालले २० र अक्षराका शुभम् उप्रेतीले १३ अंक जोडे ।
