सतिसाले फुटबल क्लब, केराबारी, मोरङ प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा महुली फुटबल क्लब, सप्तरीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै सतिसाले उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । निर्धारित समयको दोस्रो हाफको छैटौं मिनेटमा बिनोद राईले गोल गर्दै सतिसालेलाई सुरुआती अग्रता दिलाएका थिए । तर, महुलीका बैकल्पिक खेलाडी करण राईले इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको म्यान अफ दि म्याच भने सतिसालेका गोलरक्षक बिपुल मगर घोषित भए । उनले नगद दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा भोलि बिहिवार फ्युजन फुटबल क्लब, उदयपुर र कुशुमे साईनिङ फुटबल क्लब, मोरङबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

तालतलैया फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्नेछन् । फाइनल खेल भने असोज १० गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *