काठमाडौं । आयोजक जोन डेवी जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत यु–१६ गल्र्स फुटसलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
जोन डेवीले ग्यालेक्सी पब्लिक स्कुललाई ४–० गोलले पराजित गर्यो । जोन डेवीकी दिविशा शर्माले २ तथा रेयान्शी त्रिपाठी र तनिस्का विष्टले समान १–१ गोल गरे ।
यु–१६ ब्वाइज फुटसलमा वेद्व्यास, काष्ठमण्डप विद्यालय, ग्यालेक्सी पब्लिक स्कुल र द चाँदबाग स्कुलले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ब्वाइज बास्केटबलमा हेम्सले एचएचसीएलाई ३५–३१ ले पराजित गर्यो । जितसंगै हेम्स समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेयाे । हेम्सका दिलिप कार्कीले १३ अंक जोडे । एचएचसी पनि उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
ब्वाइजमै युरो स्कुल, हात्तीगौडाले जेभियरलाई १८–६ तथा बेलमोन्टले आयोजक जोन डेवीलाई १६–९ ले हराए । युरोका देव शर्माले ७ तथा बेलमोन्टका आयुश खड्काले ५ स्कोर गरे ।
गल्र्स बास्केटबलमा सत्य साइले टीआईएलाई २२–८, निम्सले जोन डेवीलाई २२–१५, द एक्सेल्सियर स्कुलले जोन डेवीलाई २२–११ र एआईएले हिमरश्मिलाई २०–१० ले पाखा लगाए । सत्य साइकी समता डंगोलले ५, निम्सकी आकृति बलामीले ५, एक्सेल्सियरकी आकर्षी पौडेलले ८ र एआईएकी अरेना तामाङले ९ अंक बटुले ।
