मोरङ । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित भर्चोलगढीमा तेस्रो मन्जिल मण्डल स्मृति रनिङ कप फुटबक प्रतियोगिता आयोजना हुने भएको छ ।
मन्जिल रानीगढी क्लबको आयोजनामा हुने प्रतियोगिता २०८३ असोज १५ गते बिहीबारदेखि २४ गते शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता ग्रामथान–६ स्थित भर्चोलगढीमा आयोजना हुनेछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडी तथा टोलीलाई आयोजकले आवश्यक तयारीसहित सहभागिताका लागि आह्वान गरेको छ । प्रतियोगितामा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायत खेलाडी तथा खेलप्रेमीहरूको उपस्थित रहने आयोजकले जनाएको छ ।
मन्जिल रानीगढी क्लबले प्रतियोगिता सफल बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।
