काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले आगामी तेस्रो संस्करणका लागि सेन्चुरी ब्रान्डसँग प्रायोजन सम्झौता गरेको छ ।

दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्स प्रालिको लोकप्रिय ब्रान्ड सेन्चुरी काठमाडौं गोर्खाजको प्रायोजकका रूपमा जोडिएको हो ।

सम्झौताअनुसार एनपिएल सिजन ३ को अवधिभर टोलीको आधिकारिक जर्सीको छाती तथा खेलाडीको हेल्मेट र क्यापमा सेन्चुरीको लोगो रहनेछ ।

काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सेन्चुरीलाई टोलीको परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले सेन्चुरी नेपालमा स्थापित र विश्वासिलो ब्रान्ड रहेको उल्लेख गर्दै साझेदारीले नेपाली उद्यम र खेलकुदबीचको सहकार्यलाई थप बलियो बनाउने बताए ।

दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्सका प्रबन्ध निर्देशक आदित्य दुगडले क्रिकेटले नेपालीलाई एउटै भावनामा जोड्ने गरेको उल्लेख गर्दै काठमाडौं गोर्खाजसँगको साझेदारीले देशभरका क्रिकेट समर्थकसँग जोडिन अवसर प्रदान गर्ने बताए ।

काठमाडौं गोर्खाज एनपिएलमा प्रतिस्पर्धा गर्ने व्यावसायिक फ्रेन्चाइज टोली हो । टोलीले घरेलु क्रिकेटमा उत्कृष्ट प्रतिभालाई अघि बढाउँदै काठमाडौंको प्रतिनिधित्व गर्दै आएको छ । दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्स खाद्यान्न तथा एफएमसीजी क्षेत्रमा सक्रिय कम्पनी हो । कम्पनीको सेन्चुरी ब्रान्डअन्तर्गत मसला, प्याकेज गरिएका खाद्य सामग्रीलगायत उत्पादन बजारमा उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *