जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालको पदक सम्भावना समाप्त भएको छ । बिहीबार दोस्रो हार भोगेपछि महिला भलिबल टोलीको यात्रा समूह चरणमा नै सिमित बनेको हो ।

आइचीस्थित पार्क एरिना कोमाकीमा भएको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भयो।

नेपालले पहिलो सेट २५-१२ ले गुमायो । दोस्रो सेटमा नेपाली टोलीले इन्डोनेसियालाई केही चुनौती दिए पनि २५-२१ ले पराजित भयो । तेस्रो तथा अन्तिम सेट पनि २५-२० ले सहजै गुमायो ।

समूह चरणको पहिलो खेलमा नेपाली टोली एसियाली पावर हाउस जापानसँग ३-० कै सोझो सेटमा पराजित भएको थियो । नेपालले अब वरियताका लागि खेल्नेछ। नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न भने बाँकी नै छ ।

आफ्नो पहिलो खेलमा नेपाललाई समान ३-० को सेटमा हराएका जापान र इन्डोनेसिया शुक्रबार खेल्नेछन् । एसियाडमा २२ खेलका ५६ महिला र ८० पुरुष गरि १३६ खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *