हेल्प नेपाल स्पोर्ट्स क्लबले आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ को सेटमा स्तब्ध गर्दै उपाधि माथि कब्जा जमाएको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हेल्प नेपालले पहिलो २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेट गण्डकीले २५-२० ले जित्दै पुनरागमन गर्यो ।
हेल्प नेपालले लगातार तेस्रो र चौथो सेट २५-२० र २५-२० ले जित्दै च्याम्पियन बन्यो ।
यसैगरी महिलातर्फ एभरेस्ट भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्यो ।
