विभागीय टोली नेपाल पुलिस क्लबले आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फको उपाधि जितेको छ । 

शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले
एभरेष्ट भलिबल क्लबलाई ३–२ सेटले पराजित गर्दै उपाधि  माथि कब्जा जमाएको हो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पुलिसले पहिलो सेट २५-२१ र दोस्रो सेट २५-२३ ले जितेको थियो । तर तीन भारतीय खेलाडीको साथ पाएको एभरेष्टले तेस्रो सेटमा कमब्याक गर्दै २५-२० ले जित्यो । चौथो सेट पनि २५-२० ले नै आफ्नो पक्षमा पार्यो ।

२–२ को बराबरीको अवस्थामा सुरु भएको अन्तिम तथा निर्णायक सेटमा १५–१२ अंकले जित्दै पुलिस च्याम्पियन बन्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी स्पाइकर उषा भण्डारि ‘प्लेयर अफ दि म्याच’ भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *