काठमाडाैं । आश्रय उपाध्यायले नवौं हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । निर्भाना एकेडेमीका उनले ६१ केजीमुनि तौलसमूहमा स्वर्ण तथा यु–१४ एकल पुम्सेमा कांस्य जितेको टिम प्रशिक्ष सरोज तामाङले जनाएका छन् ।

आयाम पौडेल र स्वस्तिक चौधरीले रजत जिते। क्रिस शाह कानु र साइरस तिम्सिनाले कांस्य हात पारे । क्रिस र आयाम लिटिल बड स्कुलमा अध्ययनरत छन् भने स्वस्तिक र साइरस युरो किड्स तेक्वान्दो डोजाङका खेलाडी हुन् । 

टिम प्रशिक्षक तामाङ गोंगबु तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक तथा लिटिल बड र सांग्रिला स्कुलका प्रशिक्षक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *