शेखरले एसियाली आईटीएफ खेल्ने

२०८३, १५ श्रावण शुक्रबार १९:२९

काठमाडौं । शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

दुई स्पर्धामा खेल्ने उनले पुरुष ६५–७० केजी तौलसमूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेश गर्ने छन् ।

मंगोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित ३ सदस्यीय टोली आइतबार प्रस्थान गर्नेछ ।

अफिसियलका रुपमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुने छन् ।

दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेस र अम्पायर कोर्षमा पनि सहभागिता जनाउने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *