विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा न्यू डायमन्डमाथि पुनरागमन जित हासिल गरेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बुधबार सम्पन्न खेलमा आर्मीले न्यू डायमन्डलाई ३-२ को सेटमा पराजित गरेको हो।

पहिलो र दोस्रो सेट २७-२५ र २५-२० ले न्यू डायमन्डले आफ्नो पक्षमा पारेको थियो। तर, त्यसपछिका सेटमा आर्मीले पुनरागमन गर्यो। त्यसपछिका सेट आर्मीले १७-२५-, २३-२५ र १२-१५ ले आफ्नो पक्षमा पायो।

आर्मीको यो दोस्रो जित हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *