विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार चौथो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार आर्मीले सुदूरपश्चिमलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
आर्मीले खेल २५-२२, २५-१५, २५-२२ ले आफ्नो पक्षमा पर्यो ।
लगातार चौथो जितसँगै आर्मीले चार खेलमा १२ अंक जोडेको छ । चारै खेलमा पराजित सुदूरपश्चिम अंकविहिन छ ।
यसअघि आर्मीले बूढानीलकण्ठ, कोशी र एपिएफलाई समान ३-० को सेटमा पराजित गरेको थियो । सुदूरपश्चिमले पुलिस, गण्डकी र हेल्प नेपालसँग समान ३-० कै सेटमा हार ब्यहोरेको थियो ।
