गण्डकी प्रदेश भलिबल एसोसिएसनले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष तर्फ लगातार चौथो जित हासिल गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा गण्डकीले बूढानीलकण्ठ भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५- १४ ले जितेको गण्डकीले दोस्रो सेट २२-२५ ले गुमाएको थियो। तर, तेस्रो सेट २५-१८ ल जित्दै गण्डकीले खेलमा पुनरागमन गर्यो। प्रतिस्पर्धात्मक चौथो सेटमा बूढानीलकण्ठले कडा टक्कर दिएपनि गण्डकीले २५-२२ ले खेल आफ्नो पक्षमा पार्यो।

लगातार चौथो जितसँगै गण्डकीले चार खेलमा १२ अंक जोडेको छ । चारै खेलमा पराजि बूढानीलकण्ठ अंकविहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *