रामधुनी (सुनसरी) । सिसौली युथ क्लब, बेलबारी, मोरङ तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक पंचायन फुटबल क्लब (निलो), रामधुनी, सुनसरीलाई ५-१ ले हराउँदै सिसौली उपाधि नजिक पुगेको हो ।

सिसौलीको जितमा अमित मिश्रले दुई तथा शुशिल राई, प्रशान्त लिम्बु र अनिल परियारले समान एक-एक गोल गरे । पंचायन फुटबल क्लब (निलो)का लागि बिक्रम लामाले एक गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच विजेता टोलीका अमित मिश्र घोषित भए । उनले नगद ३ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत शुक्रबारको दोस्रो सेमिफाइनल खेल आर.एफ.सी., धरान, सुनसरी र आयोजक पंचायन फुटबल क्लब (रातो), रामधुनी, सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।

पंचायन फुटबल क्लब, रामधुनी, पंचायन, सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले ८१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *