आर्मीविरुद्ध एभरेस्टको सहज जित

२०८१, २१ जेष्ठ सोमबार ११:३०

एभरेस्ट भलिबल क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिला तर्फ लगातार दोस्रो जित हात पारेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा आइतबार सम्पन्न दोस्रो खेलमा एभरेस्टले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोसो सेटमा पराजित गरेको हो।

एभरेस्टले २५-१५, २५-१९ र २५-१९ ले सेट जितेको थियो। एभरेस्टले पहिलो खेलमा कर्णाली प्रदेश खेलकुद विकास बोर्डलाई ३-० को सेटमा पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *