महिला लिगका लागि सबै टोली तयार

२०८२, ३ चैत्र मंगलवार १७:४०

सहिद स्मारक राष्ट्रिय महिला लिग २०८२ को पूर्वसन्ध्यामा आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा सहभागी टोलीका प्रशिक्षक, कप्तान तथा पदाधिकारीहरूले आफ्ना धारणा सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रतिनिधिहरूले प्रतियोगिताका लागि आफूहरू तयार रहेको, उच्च लक्ष्यका साथ मैदान उत्रने र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले लिगलाई प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।

यस संस्करणको लिगमा सशस्त्र प्रहरी बल फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, न्युरोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब, संकट फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब गरी नौ टोली सहभागी रहनेछन् ।

प्रतियोगिता भोलिदेखि च्यासल रंगशालामा सुरु हुँदैछ। आयोजक अखिल नेपाल फुटबल संघले लिगलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *