इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा बसाहा क्लब उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा न्यु स्टार क्लब सुनसरीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै बसाहाले अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित समयमा बसाहा र न्यु स्टार दुवैले २-२ गोल गरेपछि बराबरीमा टुंगिएको थियो । खेल बराबरीमा सकिएपछि टाइब्रेकरबाट विजेताको टुंगो लगाउनु परेको थियो । निर्धारित समयमा बसाहाका लागि रितेश तामाङ र अनिष बस्नेतले गोल गरे भने न्यु स्टारका लागि दुवै गोल नितेश लिम्बुले गरेका थिए ।

खेलको म्यान अफ दि म्याच बसाहाका गोलरक्षक सन्दिप भट्टराई घोषित भए । उनलाई खेलका प्रमुख अतिथी प्रहरी उपरीक्षक सुदिप भण्डारीले नगद ५ हजार ५ सय रुपैयाँसहित मेडलले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत सोमबारको तेस्रो क्वाटरफाइनल खेल लोहोरुङ्ग फुटबल क्लब संखुवासभा र चुत्तन स्र्पोटिङ क्लब तेह्रथुमबीच हुने आयोजकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *