आठौं प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल एसोसिएसन सहज जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कबर्डमा सम्पन्न खेलमा गण्डकीले सुदूरपश्चिम स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

गण्डकीले पहिलो सेट २२-२५, दोस्रो सेट २२-२५, तेस्रो सेट १८-२५ले आफ्नो पक्षमा पार्न सफल भयो।

यसअघि गण्डकीले आफ्नो पहिलो खेलमा विभागिय टोलि एपीएफ क्लबलाई ३-१ ले पराजित गरेको थियो भने सुदूर नेपाल पुलिस क्लबसँग ३-० को सेटमा पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *