बराहक्षेत्र । जिल्ला प्याब्सनद्वारा आयोजित चौथो प्याब्सन +२ स्तरीय सुनसरी कप फुटबल प्रतियोगिताको उपाधि मुनबिम एकेडेमी हात पारेको छ ।

फाइनल खेल बराहक्षेत्र ५ कालाबन्जारमा रहेको मुनबिम एकेडेमी र दुहबीको महेन्द्र मेमोरियलबिच भएको थियो ।

प्याब्सन जिल्ला अध्यक्ष थानेश्वर ढकालको सभाध्यक्षता र  प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाको प्रमुख आतिथ्यमा राखिएको फाइनल खेल खेलको पहिलो हापको २१औं मिनेटमा मुनबिमका खेलाडी जेम्स राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । निकै रोमाञ्चक बनिरहेको खेलमा  मुनबिमकै तर्फबाट रोमन के सीले खेलको दोस्रो हापको १०औं मिनेटमा गोल गरेका थिए ।

IMG_20260222_171930

मुनबिम एकेडेमीले महेन्द्र मेमोरियललाई दबाबमा राखिरहेको खेलमा महेन्द्र मेमोरियलबाट अन्तिम समयसम्म कुनै गोल हुन नसक्दा मुनबिम एकेडेमीले शुन्यका बिरुद्ध २ गोलका अन्तरले जित हासिल गरेको हो । यो जितसँगै मुनबिमले चौथो प्याब्सन +२ स्तरीय सुनसरी कपको उपाधी चुम्न सफल भयो ।

खेलको म्यान अफ द म्याच मुनबिमका सारुन चौधरी, उत्कृष्ट गोलकिपर सन्देश चौधरी, उत्कृष्ट फरवार्ड रिकेश धामी, उत्कृष्ट डिफेन्डर दिपेन कार्की, उत्कृष्ट मिडफिल्डर महेन्द्र मेमोरियलका प्रशान्त मण्डल र उत्कृष्ट खेलाडी मुनबिमका निगम थापा घोषित भए ।

उपविजेता टिम महेन्द्र मेमोरियलले नगद १५ हजारसहित ट्रफि हात पार्यो भने विजेता टिम मुनबिमले नगद २५ हजारसहित ट्रफि हात पार्यो । प्रतियोगिता बराहक्षेत्र ५ को जडेज खेलमैदानमा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *