क्रिस्टियानो रोनाल्डोको दुई गोल प्रेरित अल नासरले साउदी प्रो लिगमा शानदार जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा अल नासरले अल हाजेममाथि ४-० को सहज जित निकाल्यो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने किंग्सले कोम्यान र एन्गोलो गाब्रियलले समान एक-एक गोल गरे ।

त्यसैगरी शनिबार राति नै सम्पन्न अर्को खेलमा अल हिलाल र अल इत्तिहादले १-१ गोलको बराबरी खेले । अल हिलालका लागि मालकमले गोल गरे भने इत्तिहादका लागि होउसेम आओअरले गोल गरे । खेलको नवौं मिनेटमा नै हसन कादेशले रातो कार्ड पाएपछि इत्तिहाद १० खेलाडीमा समेटिएको थियो ।

शनिबार रातिको खेल पश्चात् अल नासर लिगको शीर्ष स्थानमा उक्लिएको छ । अल नासरको २२ खेलमा ५५ अंक छ भने अल हिलालको २२ खेलमा ५४ अंक भएको छ । त्यस्तै अल इत्तिहादको २२ खेलमा ३८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा छ भने अल हाजेमको २२ खेल २४ अंक छ र लिगमा १२औ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *