विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सले जितेको छ । मंगलबार भएको फाइनल खेलमा टाइटन्सले वारियर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको वारियर्सले २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय १ रनको योगफल तयार गरेको थियो । वारियर्सका दानिस रजाले २५ रन बनाउँदा महमद चाँदले २१ रनको योगदान दिए । टाइटन्सका रहमद हुसैन ४ विकेट लिँदा तलाहा खानले ३ विकेट लिए ।

१ सय २ रनकोे लक्ष्य पाएको टाइटन्सले १८ दशमलव ५ बलमा ५ विकेटमा सो विजयी लक्ष्य भेट्टाएको थियो । टाइटन्सका यफ्रिदि मियाले ४१ रन बनाउँदा मेराज शेखले १० रनको योगदान दिए । वारियर्सका अब्बु उवेदा अन्सारीले ४ विकेट लिँदा समिम रैनले १ विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच टाइटन्सका रहमद हुसैन घोषित भए भने उत्कृष्ट ब्याटर टाइटन्सका यफ्रिदि मिया, उत्कृष्ट बलर टाइटन्सका रहमद हुसैन घाषित भए । त्यस्तै प्लेयर अफ टुर्नामेन्ट वारियर्सका अब्बु उदेवा अन्सारी घोषित हुँदा उदयमान खेलाडी वारियर्सका समिम रैन घोषित भए । आइतबारदेखि शुरु भएको प्रतियोगितामा विराटनगरका ४ टिम सहभागि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *