भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् ।
आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैँछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा आयरल्याण्ड र ओमान दुवैले आफ्ना शुरुका २-२ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड खेल्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २-२ खेलमा १-१ खेल जितेका छन् भने १-१ खेलमा हार बेहोरेका छन् ।
तेस्रो खेल भने दक्षिण अफ्रिका र न्युजील्यान्डबीच हुनेछ । भारतको अहमदाबादमा हुने यो खेल साँझ ७.१५ बजे सुरु हुनेछ । आज विजयी हुने टिम छ अंक सहित सुपर आठमा पुग्नेछ । यस समूहका अफगानिस्तान र क्यानडा भने जितविहीन छन् भने युएईले एक खेल जितेर २ अंक बनाएको छ ।
