इङ्गल्याण्डकी स्टार स्पीनर सोफी एक्लेस्टोनले महिला क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिएर कीर्तिमान बनाएकि छिन् । सोफीले पाकिस्तानबिरुद्धको खेलमा ३ विकेट लिएपछि यो कीर्तिमान बनाउन सफल भएकि हुन् । सोफीले ४.१ ओभरमा १५ दिएर ३ विकेट लिएकि थिइन् ।

सोफीले यो उपलब्धि ६४ एकदिवसिय क्रिकेट खेलर हासिल गरेकि हुन् । यसअघि अष्ट्रेलियाकी क्याथरीन फिट्ज प्याट्रिकले यस्तो कीर्तिमान बनाएकि थिइन् । तर बल संख्याको आधारमा सोफीले उनलाई पछाडि छोडेकि हुन् ।

इङ्गल्याण्ड र पाकिस्तानबीच भएको दोश्रो एकदिवसिय क्रिकेटमा इङ्गल्याण्डले पहिले ब्याटिङ्ग गर्दै ३०२ रन बनाएको थियो । ३०३ रनको विजय लक्ष्य पाएको पाकिस्तान २९.१ ओभरमा अल आउट हुँदै १२४ रन मात्र बनाउन सफल भएको थियो ।

यसरी १७८ रनको विशाल अन्तरले इङ्गल्याण्डले जित हासिल गर्दा सोफीले महत्वपूर्ण ३ विकेट लिएर विश्वमा सवैभन्दा छिटो १०० विकेट लिने पहिलो खेलाडी बन्न सफल भएकि थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *