विराटनगर । प्रशान्त क्रिकेट क्लव जोगबनीको आयोजनामा जारी अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा विराटनगरको एग्रोभेट क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको आजको खेलमा सिवानको कैफ एकेडेमीलाई ८ विकेटले पराजित गर्दै एग्रोभेट अन्तिम चारमा प्रवेश गरेको हो । कैफले दिएको १ सय ५७ रनकोे लक्ष्य पाएको एग्रोभेटले १२.१ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
एग्रोभेटका तिर्थराज दासले ६५ रन बनाउँदा आदिल अन्सारीले अविजित ५५ रन र शाकिव अन्सारीले ३४ रनको योगदान दिए । सिवानका तारिक जम्लीले १ विकेट लिँदा सतिस कुमारले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सिवानले निर्धारित २१ ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रनको योगफल तयार गरेको थियो ।
सिवानका पुछारका ब्याटर सौरभ यादवले १३ बलमा ५ छक्का प्रहार गर्दै ३५ रन बनाउँदा विशाल सिंहले ३१ रनको योगदान दिए । एग्रोभेटका फिदोस अन्सारीले ३ विकेट लिँदा श्रवण किस्कुले २ विकेट, आदिल अन्सारी र दिपेश कँडेलले समान १ विकेट लिए । खेलमा प्लेयर अफ द म्याच एग्रोभेटका अलराउण्डर खेलाडी आदिल अन्सारी घाषित भए ।
