कटहरी भारतको गरैयामा सम्पन्न शहजादा कप क्रिकेट प्रतियोगितामा उपविजेता बनेको छ ।
आइतबार भएको फाइनल खेलमा घरेलु टोली फारबिसगञ्जसँग ६ विकेटले पराजित हुँदै कटहरी उपविजेतामा सिमित बनेको हो ।
उपाधि रक्षाका लागि कटहरीले दिएको १४८ रनको लक्ष्य फारबिसगञ्जले १६ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । फारबिसगञ्जका लागि दुईपटक जीवनदान पाएका अमन राजले मात्र २० बलमा ५६ रनको बिष्फोटक इनिङ खेले । कटहरीले फाइनल खेलमा बलिङमा राम्रो गरेतापनि फिल्डिङ राम्रो गर्न सकेन ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कटहरीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रनको योगफल तयार पारेको थियो । कटहरीका लागि निरज मुखियाले ३५ बलमा ४५ रन र आश्विनी कामतले २४ बलमा २८ रनको योगदान दिएका थिए ।
प्रतियोगिताको विजेता फारबिसगञ्जले नगद ५० हजार भारतीय रुपैयाँ तथा कटहरीले नगद २५ हजार भारतीय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी फारबिसगञ्जका अमन राज भए भने उत्कृष्ट बलर कटहरीका लव कामत घोषित भए ।
