विराटनगर । प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा जोगवनीमा जारी अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा मुजफरपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा भागलपुर क्रिकेट क्लवलाई ८४ रनले पराजित गर्दै मुजफरपुर अन्तिम चारमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको मुजफरपुरले निर्धारित २१ ओभरमा ८ विकेट गुमाई १ सय ६९ रनको योगफल तयार गरेको थियो । मुजफरपुरका अमित पन्थरले ६० रन बनाउँदा कसमार रजिसले ३२ रनको योगदान दिए । भागलपुरका महमद सजित चाँदले २ विकेट लिँदा रजनिस यादवले पनि २ विकेट लिए ।

१ सय ७० रनकोे लक्ष्य पाएको भागलपुरले १५ दशमलव ४ बलमा सवै विकेट गुमाई ८५ रन मात्र बनाउँन सक्यो । भागलपुरका रजविस यादवले सर्वाधिक २५ रन बनाए । मुजफरपुर प्लेयर अफ म्याच मयंक कुमारले ४ लिए । पुरस्कार समाजसेवी जावेद अन्सारीले वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *