विराटनगर । प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा भएको अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा भागलपुर क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा विराटनगर क्रिकेट क्लवलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै भागलपुर अन्तिम आठमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १० ओभरमा सवै २० रनको झिनो स्कोर बनायो । विराटनगरका कुनै पनि ब्याटरले दोहोर अंकमा रन जोड्न सकेनन् । भागलपुरका प्लेयर अफ म्याच अमितकुमार गगन ४ विकेट लिँदा कुन्दन निशादले पनि ४ विकेट लिए ।

३१ रनको झिनो लक्ष्य पाएको भागलपुरले २० बलमा विना विकेट क्षतिमा सो लक्ष्य पार गरेको छ । भागलपुरका राजा विशालले सर्वाधिक अविजित २२ रन बनाउँदा रिशव दिपकले अविजित ७ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *