एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ तेस्रो स्थान सुरक्षित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

खेलमा एपीएफले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१० ले जित निकाल्दै एकतर्फी दबाब कायम राख्यो ।

यससँगै एपीएफले तेस्रो स्थानसहित एक लाख २५ हजार रुपैयाँ पुरस्कार हात पारेको छ । खेलकी उत्कृष्ट खेलाडी (प्लेअर अफ द म्याच) एपीएफकी निरुता ठगुन्ना घोषित भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *