अन्तिम खेलमा मधेस प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को विजेता बनेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
जितसँगै समूह चरणमा शतप्रतिशत नतिजा निकाल्दै ८ अंक पुर्याएको छ । एपीएफले तीन खेलबाट ७ अंक जोडेर उपविजेता बन्यो। पराजित मधेसले भने समूह चरणको तीनै खेलमा पराजय ब्याहोर्यो ।
पुलिसले अब सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता त्रिभुवन आर्मीसँग खेल्नेछ । सुरुआतको सेटमा २५–३ ले सहज जित हात पारेको पुलिसले दोस्रो २५–८ र अन्तिम सेट २५–९ ले जित हासिल गर्यो ।
