काठमाडौं । नेपालले आइइएसएफ विश्व ई-स्पोर्ट्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी) मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने इ-स्पोर्ट्स टोलीलाई बिदाई गरे । एनओसी अध्यक्ष श्रेष्ठले इस्पोर्ट्सका खेलाडी तथा पदाधिकारीलाई शुभकामना र प्रोत्साहन दिए ।

उहाँले भने, ‘यो टिमले अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरी राष्ट्रको गौरव बढाउने आशा गरेको छु । अध्यक्ष श्रेष्ठले विश्वव्यापी रुपमै इ-स्पोर्ट्स तीब्र गतिमा लोकप्रिय भइरहेको भन्नुहुँदै एनओसीले इ स्पोर्ट्सले खेलका साथै युवा प्रतिभाशाली खेलाडीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आइइएसएफ विश्व ई-स्पोर्ट्स नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ । पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा रहनुभएको छ । प्रशिक्षकमा म्याथ्यू ह्वी योङ तान रहेका छन् ।

महिला एमएलबीबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्नेछन् । महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ छिन् । यसैगरी नेपाल इस्पोर्ट्स संघका अध्यक्ष सुरज डङ्गोल पनि मलेसिया जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *