चेम्बरको हीरक जयन्तीमा वाकाथन

२०८२, १५ मंसिर आईतवार ०७:३८

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) ले आफ्नो ७५ वर्ष पुगेको अवसरमा शनिवार ‘एनसीसी वाकाथन’ सम्पन्न भयो ।

हीरक वर्ष अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमहरूमध्ये प्रमुख आकर्षणका रूपमा रहेको वाकाथन कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरे ।

‘समयसँगै हिँडौँ’ भन्ने नारासहित चेम्बरको शिक्षा तथा खेलकुद समितिको समन्वयमा आयोजित वाकाथन जमल स्थित चेम्बर भवनबाट सुरु भएको वाकाथन रानीपोखरी, भोटाहिटी, असन, इन्द्रचोक, मखन र वसन्तपुर हुँदै झोछेंमा पुगेर सम्पन्न भएको थियो। विसं २००७ मा स्थापना भएको नेपाल चेम्बर अफ कमर्स देशको पहिलो चेम्बर संस्था हो ।

समापन समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

४ सयभन्दा बढीले सहभागिता जनाएको वाकाथनमा हीरक जयन्ती समारोह समितिका सदस्यहरू, नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरू, सदस्य संस्थाका प्रतिनिधिहरू, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पदाधिकारीहरू, चेम्बरका पूर्वपदाधिकारी, प्रतिष्ठित खेलाडी, कलाकार तथा विद्यार्थीहरू थिए ।


हीरक वर्षको अवसरमा एनसीसीले विभिन्न विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *