नेपाल भलिबल संघ र केडिया ग्रुपबीच नेपाल भलिबल लिग आयोजनका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा आइतबार नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालिका प्रवन्धक विमलकुमार केडियाले हस्ताक्षर गरे ।
सम्झौता सात वर्षका लागि भएको छ । नेपाल भलिबल संघ नेपालमै पहिलोट पटक पुरुष फ्रेन्चाइज जित आयोजना गर्न प्रयासरत छ ।
पहिलो संस्करणको नेपाल भलिबल लिग आगमी माघ फागनुमा गर्ने तयारी भइरहेको आयोजन नेपाल भबिल संघले जनाएको छ । सम्झौतासँगै केडिया ग्रुपले प्रतियोगिता सञ्चालका लागि लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने छ ।
यसैगरी ग्रुपले हरेक वर्ष संघलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेखछ ।
