काठमाडौं । द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ ।

च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलुम स्कुलको फुटसल ग्राउण्डमा कात्तिक २६ र २७ गते दुई दिन सञ्चालन हुनेछ । च्याम्पियनसिपमा उपत्यकाका २० स्कुलले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको संयोजक मनोज वैश्यले जानकारी दिए ।

प्रतियोगितामा सहभागी स्कुललाई विभिन्न पाँच समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार-चार टोली छन् । लिग कम नकआउटका आधारमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ । लिग चरणको खेलपछि पाँच समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ र सुपर फाईभराउण्डमा खेल हुनेछ ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्‌का फुटबल प्रमुख प्रशिक्षक अरुणा गुरुङले गर्ने छिन्। उद्घाटन समारोहपछि खेल सुरु हुनेछ। संयोजक वैश्यले यो प्रतिस्पर्धा मात्र नभएर स्कुलहरुबीच मैत्रिभाव स्थापना गर्ने र युवाहरुको उर्जा र टिमवर्कलाई सेलेब्रेट गर्ने माध्यम भएको बताए।

प्रतियोगिताको पावर्ड बाईमा आरजेएम मोटर्स रहेको छ भने अस्मिता पब्लिकेसन, एसिया पब्लिकेसन एण्ड विष्णु देवी कपी उद्योग सह-प्रायोजकको रुपमा छन्। यस्तै आरजे स्पोट्र्स, रिड एण्ड रिटर्न, सुभेक्षा इन्टरनेसनल हस्पिटलको पनि साथ रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *