स्पोर्ट्स एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने भएको छ ।
प्रतियोगिता माघ १४ देखि २१ गतेसम्म काठमाडौको मुलपानी मैदानमा हुनेछ । प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहनेछ । यस प्रतियोगिता टी–१० फर्म्याटमा खेलिनेछ ।
टीम दर्ता शुल्क एक लाख ताेकिएको छ । पहिले नाम दर्ता गर्ने टिमलाई प्राथमिकता प्रदान गरिने छ । प्रत्येक टिममा ११ खेलाडी रहनेछन् जहाँ ८ खेलाडी प्लेइङ र ३ जनालाई अतिरिक्त खेलाडीका रूपमा राख्न पाइनेछ । प्रत्येक टिमले कम्तिमा ३ खेल खेल्न पाउनेछन् ।
प्रतियोगिताका विजेता टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कारसहित सम्मान गरिनेछ ।
