नेपाल श्रीलंकाको कोलम्बोमा जारी काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ को फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपालले माल्दिभ्सलाई क्रमशः २५-११, २५-३ र २५-५ को सहज सेटमा हराएको हो । नेपालले अब आइतबार हुने फाइनलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

कीर्गिस्तान यसअघि शनिबारै भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंकालाई २६-२४, २५-२१ र २५-१५ गरि ३-० को सोझो सेटमा हराउँदै फाइनलमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *