एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ सम्म पुनः सञ्चालन हुने भएको छ ।
आयोजकले यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको र लिगको बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताएको छ ।
यस्तै खेल तालिका चाँडै सार्वजनिक गरिनेछ । लिगको पहिलो चरणका ९ खेल सम्पन्न भइसकेको छ ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए ।
